Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सिके राउतको टिप्पणी – चार जना नेता बसेपछि जतिसुकै ठूलो भ्रष्टाचार पनि सामसुम हुन्छ

    सिके राउतको टिप्पणी – चार जना नेता बसेपछि जतिसुकै ठूलो भ्रष्टाचार पनि सामसुम हुन्छ

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 522
    SHARES

    धनगढी । जनमत पार्टीका अध्यक्ष सिके राउतले चार नेता एक ठाउँ बसेपछि जतिसुकै ठूलो भ्रष्टाचार पनि सामसुम हुने टिप्पणी गरेका छन् ।

    नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् ।



    उनले भने,‘सुन काण्डदेखि बालुवाटार, एनसेल सबै काण्ड आएका छन् तर कहाँ छ सुशासन? चार जना नेता बसेपछि जतिसुकै ठूला भ्रष्टाचार पनि सामसुम हुन्छ।’



    अध्यक्ष राउतले देशमा सुशासन गुम्दै गएको बताए ।  उनले अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गरेको आरोप लगाए।

    नेपालभित्र बोलिने सबै पहिचान र भाषालाई सम्मान गर्नु पर्नेमा उनले बताए। उनले आफूहरू राजनीतिक अधिकारको लागि लडिरहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार