Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ओमिक्रोनबाट अष्ट्रेलियामा एक जनाको मृत्यु

    ओमिक्रोनबाट अष्ट्रेलियामा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनबाट अष्ट्रेलियामा एक जनाको मृत्यु भएको छ ।

    प्राप्त समाचारका अनुसार पूर्ण कोभिड लगाएका ८० वर्षीय एक पुरुषको सोमबार मृत्यु भएको हो । ती पुरुष पश्चिमी सिड्नीस्थित एक वृद्ध स्याहार केन्द्रमा ओमिक्रोनबाट संक्रमित भएको समाचारमा उल्लेख छ ।



    पछिल्‍लो समय अष्ट्रेलियामा कोभिड-१९ का संक्रमित बढ्न थालेका छन् । सबैभन्दा धेरै जनसंख्या रहेको न्यू साउथ वेल्समा दैनिक संक्रमितको संख्या ह्वात्तै बढेको छ ।



    सोमबार उक्त राज्यमा ६ हजार ३२४ जना नयाँ संक्रमित थपिएका छन् । आइतबार त्यहाँ हालसम्मकै उच्च अर्थात् ६ हजार ३९४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो ।

    बढ्दो संक्रमणबीच आजदेखि न्यू साउथ वेल्समा नयाँ प्रतिबन्धात्मक नियम लागू गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार