Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • साँच्चै विवाह गर्लिन् त रेखा थापाले ?

    साँच्चै विवाह गर्लिन् त रेखा थापाले ?

    अनलाइन नेपाल
  • मंगलबार, १३ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ। अभिनेत्री रेखा थापा  विवाह बन्धनमा बाँधिने भएकी छिन् ।

    एक टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा उनले विवाहको विषयमा कुरा गर्दै २०७९ सालभित्र विवाह बन्धनमा बाँधिनसक्ने बताएकी हुन् । विवाहका लागि उपयुक्त केटाको खोजीमा आफू रहेको उनको भनाइ छ ।



    कार्यक्रममा फिल्म उद्योग भन्दा बाहिरको व्यक्तिसँग घरजम गर्ने योजना रहेको सुनाएकी रेखाले अबको श्रीमान् मन र कुरा मिल्ने हुनुपर्ने इच्छा समेत राखेकी छन् ।



    निर्माता छविराज ओझासँग सम्बन्धविच्छेदपछि एक्लो जीवन बिताउँदै आएकी रेखालाई पछिल्लो समय सार्वजनिक कार्यक्रम होस् वा टेलिभिजन अन्तर्वार्ता विवाहको प्रश्नले पछ्याउने गर्दछ । सोही कारण पनि अचेल उनी विवाह बन्धनमा बाँधिने तयारीमा रहेको बताउँदै आएकी छन् ।

    रेखा पछिल्लो समय राजनीति र फिल्म अभिनय दुवैका क्रियाशील छिन् । फिल्म निर्माण, निर्देशन र अभिनय गरेर तीन विधामा क्रियाशील उनी केही अगाडि सम्पन्न राप्रपाको केन्द्रीय महाधिवेशनमा महामन्त्री पदका पराजित भएकी थिइन् ।

    रेखाले यसअघि बिहेबारे प्रश्न गर्दा स्पष्ट जवाफ दिने गरेकी थिइनन् । पछिल्लो उनको अभिव्यक्तिले के साँच्चै रेखा वैवाहिक जीवनमा बाँधिने संकेत देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार