Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • महाधिवेशनको अन्तिम दिन आज सर्वसम्मत नेतृत्व चयन गर्दै सकिने

    महाधिवेशनको अन्तिम दिन आज सर्वसम्मत नेतृत्व चयन गर्दै सकिने

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 915
    SHARES

    काठमाडौँ। नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको अन्तिम दिन आज सर्वसम्मत नेतृत्व चयन गर्दै सकिने भएको छ ।

    स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने भएका हुन् ।



    बिहान ११ बजे सुरु हुने बन्दसत्रमा नेता गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिनेछन्।



    त्यसपछि विधान पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन्। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनलाई पारित गरेको महाधिवेशनले शनिबार गुरुङको विधान मस्यौदालाई पारित गर्नेछ ।

    विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँछ। माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ।

    प्रवक्ता महराले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सर्वसम्मत नेतृत्व चयन गर्दै महाधिवेशन आजै सकिने बताएका थिए।

    महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । माओवादीले बहुपदीय अवधारणा अगाडि सारेको छ। सोही अवधारणाका आधारमा नेतृत्व चयन गर्ने तयारी गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार