Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी महाधिवेशन : सहमतिको संभावना क्षीण, नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु

    माओवादी महाधिवेशन : सहमतिको संभावना क्षीण, नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । काठमाडौंको कमलादीमा जारी नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगले ८औँ राष्ट्रिय महाविधेशन अन्तरगत मतदाता नामावली सर्वाजनिक गरेसँगै निर्वाचन प्रक्रिया शुरु भएको हो ।

    निर्वाचन समितिले महाधिवेशनस्थल प्रज्ञा भवनमा १ हजार ७४२ जनाको नामावली टाँसेको छ । शनिबारको बन्दसत्रबाट विधान मस्यौदा पारित भएसँगै माओवादी केन्द्रको निर्वाचन प्रक्रिया सुरु भएको हो ।



    माओवादीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरुले २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । उक्त निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ ।



    यद्यपि माओवादी शीर्ष नेताहरु केन्द्रीय कमिटी सदस्यमा सहमति जुटाउन छलफलमा छन् । दुई घण्टा समय लिएर सहमति जुटाउने प्रयास गरिएको छ ।

    यसअघि बन्दसत्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति हुन नसके निर्वाचन प्रक्रियामा जाने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार