Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना संक्रमितको संख्या बढ्यो, दुई महिना यताको सबैभन्दा बढी आज

    कोरोना संक्रमितको संख्या बढ्यो, दुई महिना यताको सबैभन्दा बढी आज

    अनलाइन नेपाल
  • शनिबार, १७ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरि २० हजार ९५९ जनाको नमूना परीक्षण गर्दा पीसीआर परीक्षणबाट ३४२ र एन्टिजेन परीक्षणबाट ४० जनामा संक्रमण देखिएको हो।

    कोरोना संक्रमितको यो संख्या पछिल्लो एक महिनामा सबैभन्दा बढी हो । यसअघि मंसिर २७ गते ३४१ जना संक्रमित फेला परेका थिए भने मंसिर २१ गते र मंसिर १६ गते ३१५ जना संक्रमित भेटिएका थिए । त्यसबाहेक मंसिर र पुस महिनामा संक्रमित संख्या ३ सय नाघेको थिएन ।



    शुक्रबार जम्मा २३५ जना संक्रमित भेटिएकामा शनिबार डेढ सय भन्दा बढी संक्रमित थपिएका हुन् । शुक्रबार ७,८८५ पीसीआर परीक्षणमा २२४ जना मात्र संक्रमित भेटिएका थिए । जबकी शनिबार पाँच हजार सात जनाकै परीक्षणमा ३४२ संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।



    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा २४४ जना संक्रमित भेटिएका छन् । त्यस्तै ललितपुरमा ३२, भक्तपुरमा ९, मोरङमा ८ र चितवनमा ७ जना संक्रमित भेटिएका छन् ।

    नेपालमा हाल ४९६९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा ५९ हजार ११२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार