Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस

    फेरि बढ्न थाल्यो संक्रमितको संख्या, ३२६ जना थपिँदा दुई जनाको मृत्यु

    फेरि बढ्न थाल्यो संक्रमितको संख्या, ३२६ जना थपिँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १२,४९८ जनामा परीक्षण गर्दा ३२६ जनामा संक्रमण पुष्टि भएको हो ।



    यसअघि हिजो करिब सात हजार जनामा परीक्षण गर्दा २१६ जनामा संक्रमण पुष्टि भएको थियो। हिजोको तुलनामा आज संक्रमितको संख्या केही बढेको मन्त्रालयले जनाएको छ।



    यस्तै, पछिल्लो २४ घण्टामा २५५ जना संक्रमणमुक्त भएका छन् ।

    यसैगरी,  सोमबार कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । योसँगै  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९८ पुगेको छ।

    हाल देशभर ५,००५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार