Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ ।

    जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका ३२ वर्षीय सुरेन्द्र बिष्टको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।



    दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए ।



    ट्याक्टर चालक सोही ठाउँ बस्ने ३८ वर्षीय भूपेन्द्र सिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार