Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोरोना भाइरस

    दिनदिनै बढ्न थाल्यो संक्रमितको संख्या, २४ घण्टामा मात्रै ३९३ थपिए

    दिनदिनै बढ्न थाल्यो संक्रमितको संख्या, २४ घण्टामा मात्रै ३९३ थपिए

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 768
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ९,३२९ जनामा परीक्षण गर्दा ३९३ जनामा संक्रमण पुष्टि भएको हो ।



    यसअघि हिजो १२,४९८ जनामा परीक्षण गर्दा ३२६ जनामा संक्रमण पुष्टि भएको थियो । हिजोको तुलनामा आज संक्रमितको संख्या केही बढेको मन्त्रालयले जनाएको छ।



    यस्तै, पछिल्लो २४ घण्टामा २६३ जना संक्रमणमुक्त भएका छन् ।

    यसैगरी, मंगलबार कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । योसँगै  नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ।

    हाल देशभर ५,०९४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार