Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ‘ओमिक्रोन’ संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन

    ‘ओमिक्रोन’ संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

    सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।



    ‘नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता हो, जीवन रक्षा गर्नका लागि आवश्यक हरेक तयारीमा रहनुपर्छ भनेर प्रधानमन्त्रीज्यूले निर्देशन गर्नुभयो, त्यहीअनुसार हामीले केही योजनाहरू बनाएका छौँ,’ स्वास्थ्यमन्त्री विरोध खतिवडाले भने ।



    मन्त्री खतिवडाका अनुसार खोप लगाउने अभियानलाई तिब्रता दिने, माघ दोस्रो साताबाट खोपको बुष्टर डोज क्रमशः ज्येष्ठ नागरिक र क्वारेन्टाइन हुँदै सबैका लागि अभियान सञ्चालन गर्ने, भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरूमा अझै कडाइ गर्ने, आइसोलेसन र होल्डिङ सेण्टरहरू व्यवस्थित गर्ने लगायत निर्णयहरू भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार