Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ त्रास : सीमामा कडाई, उडान समेत स्थगित हुनसक्ने

    कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ त्रास : सीमामा कडाई, उडान समेत स्थगित हुनसक्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । आज सिंहदरबारमा बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समितिको बैठकमा सीमा नाकामा कडाई गर्नेबारे छलफल भएको छ ।

    कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रन भित्रिएपछि सीसीएमसीसीको बैठकले सीमा नाकामा कडाई गर्नेबारे छलफल गरेको हो ।



    कोरोना यसरी नै बढ्दै गएमा सीमानाका बन्द देखि उडान स्थगित हुने सम्मको निर्णय लिइने गरी सरकारले तयारी थालेको छ । विद्यालय तहमा समेत कोरोना संक्रमण फैलिएको छ । यसलाई दृष्टिगत गरी सरकारले उच्च सतर्कता अपनाउने गरी कदमहरु चाल्न थालेको छ ।



    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । जसमा उडान सुरक्षा, सीमामा कडाईको विषय पनि थियो । प्रधानमन्त्रीले खोप अभियानबारे पनि जानकारी लिएका थिए । खोपको अवस्था र बुस्टर डोजबारे स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी गराएका थिए ।

    गृहमन्त्री बालकृष्ण खाँणले सीमा नाकाहरुमा भएका व्यवस्थापनहरुबारे जानकारी गराएका थिए । सीमानाकाबाट आवतजावत् गर्नेहरुको पीसीआर र एन्टिेजन टेष्टको दायरा बढाउने निर्णय समेत भएको गृहमन्त्री खाँणले जानकारी दिएका छन् ।

    सीमा नाकामा कडाई गर्नेबारे छलफल भएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताए । होल्डिङ सेन्टरको क्षमता वृद्धि गरेकोबारे ब्रिफिङ गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार