Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • कोरोना भाइरस

    पुरानै लयमा फर्कियो कोरोना, आज मात्रै १४ सयभन्दा बढीमा संक्रमण पुष्टि

    पुरानै लयमा फर्कियो कोरोना, आज मात्रै १४ सयभन्दा बढीमा संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पछिल्ल्लो २४ घण्टामा १ हजार ४४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो संख्या गत असोज महिना यताकै धेरै हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  देशभरमा ११ हजार ४२९ नमूना परीक्षण गर्दा १४ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । जसमा पिसिआर परीक्षणबाट १ हजार ३५७ र एन्टिजेन परीक्षणबाट ८९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।



    यसअघि हिजो ११६७ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा २५५ जना संक्रमणमुक्त भएका छन् । यसअघि हिजो २२४ जना डिस्चार्ज भएका थिए।



    यसैगरी, आज सोमबार कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या  ११ हजार ६०६  पुगेको छ।

    हाल देशभर ६,८५५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार