Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्याङ्जामा १६ महिने बालकको चक्कु हानी हत्या, छिमेकी पक्राउ

    स्याङ्जामा १६ महिने बालकको चक्कु हानी हत्या, छिमेकी पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    स्याङ्जा । जिल्लाको भकुण्डेमा १६ महिने एक बालकको चक्कु प्रहार गरी हत्या भएको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भइ भकुण्डे बस्ने रनमाया गुरुङको छोरा १६ महिने साइमन गुरुङको हत्या भएको हो।



    हत्यामा संलग्न भएको अभियोगमा सोही घरमा बस्ने ३३ वर्षीय जितेन्द्र गुरुङ पक्राउ परेका छन्। घटनामा गुरुङकी दिदी ५ वर्षीया साइना पनि घाइते भएको प्रहरीको भनाइ छ।



    प्रहरी स्रोतकाका अनुसार साइमनको घाँटीमा चक्कु प्रहार भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार