Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • काठमाडौंमा ‘बुस्टर’ मात्रा खोप आजदेखि, कहाँ-कहाँ पाइन्छ ?

    काठमाडौंमा ‘बुस्टर’ मात्रा खोप आजदेखि, कहाँ-कहाँ पाइन्छ ?

    अनलाइन नेपाल
  • सोमबार, ३ माघ २०७८
  • 921
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले काठमाडौंमा कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिन सुरू गरेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ स्थानबाट सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिने भएको हो।



    तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टर मात्रा उपलब्ध हुने महाशाखाले जनाएको छ। सोमबारबाट काठमाडौंका १७ स्थानमा लगाउन जनाइएको छ ।



    स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ । जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले सोमबारदेखि चालु खोप केन्द्रबाटै बुस्टर डोज लगाउन मिल्ने गरी निर्णय गरेको छ ।

    काठमाडौंमा टेकु अस्पताल, प्रहरी अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथलीलगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ ।

    बुस्टर डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्नेछ । यसअघि जुन खोप लगाइएको थियो बुस्टर पनि सोही खोपको मात्रा लगाउनु पर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार