Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भारतविरुद्धको पहिलो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी

    भारतविरुद्धको पहिलो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । दक्षिण अफ्रिकाले भारतविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा ३१ रनको जित हात पारेको छ। यससँगै दक्षिण अफ्रिकाले तीन खेलको सिरिजमा १–० अग्रता लिएको छ।

    दक्षिण अफ्रिकाले भारतलाई जितको लागि २९७ रनको लक्ष्य दिएको थियो।



    जवाफी ब्याटिङमा उत्रिएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर केवल २६५ रन मात्र बनाउन सक्यो। भारतका लागि ओपनर शिखर धावनले सबैभन्दा धेरै ७९ रन बनाए।



    त्यस्तै विराट कोहलीले ५१ रन बनाए भने शार्दूल ठाकुरले अविजित ५० रनको पाली खेले।

    यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले ११० रन र रासी भान डर डुसेनले अविजित १२९ रन बनाए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार