Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आगलागी हुँदा ६३ जनाको मृत्यु

    दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आगलागी हुँदा ६३ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १४ भाद्र २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । दक्षिण अफ्रिकाको जोहान्सबर्गमा एक पाँच तले भवनमा आगलागी हुँदा ६४ जनाको मृत्यु भएको छ ।

    दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो शहर जोहानेसबर्गको केन्द्रीय व्यापारिक क्षेत्रमा बिहीबार भएको आगलागीमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको हो ।



    आगलागीमा परेर ४३ जना घाइते भएका छन् । खोज र उद्धार प्रयाशहरू जारी रहेका जनाएको छ।  शहर प्रशासनले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै मृत्यु हुनेको संख्या ६३ पुगेको जनाएको छ।



    फायर फाइटरहरू र आपतकालीन सवारीहरू घटनास्थलमा पुगेका छन्। ज्यान गुमाउने व्यक्तिका शवहरु आगलागी भएको स्थान नजिकैको सडकमा कपडाले ढाकेर राखिएको थियो। आगलागीको कारण भने खुल्न सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार