Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • दक्षिण अफ्रिकामा बाढीका कारण ३९५ जनाको मृत्यु, ४१ हजार मानिस प्रभावित

    दक्षिण अफ्रिकामा बाढीका कारण ३९५ जनाको मृत्यु, ४१ हजार मानिस प्रभावित

    अनलाइन नेपाल
  • शनिबार, ३ बैशाख २०७९
  • 2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । दक्षिण अफ्रिकामा बाढीका कारण करिब चार सय व्यक्तिले ज्यान गुमाएपछि शुक्रबार राष्ट्रपति सिरिल रामफोसाद्वारा बाढी पीडितका नाममा प्रार्थना गर्न नागरिकलाई आग्रह गरेका छन् ।

    चर्चको भाषणको क्रममा राष्ट्रपति रामाफोसाले दक्षिण अफ्रिकामा बाढीले ग्रस्त मानिसहरूका लागि प्रार्थना गर्न आह्वान गरेका हुन् ।



    दक्षिणपूर्वी तटीय शहर डर्बान र वरपरका इलाकाहरूमा विपत्ति आएको पाँच दिनपछि पनि उद्धारकर्ताहरूले दर्जनौँको खोजी कार्य जारी राखेका छन् भने अहिलेसम्म ३९५ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ ।



    रामफोसाले बाढी प्रभावित क्षेत्रमा पुगी केटाकेटीलगायत १० जना सदस्य गुमाएको परिवारका सदस्यलाई भेटी समवेदना प्रकट गरेका थिए । दक्षिण अफ्रिकामा यो साता आएको बाढीले करिब ४१ हजार मानिसलाई प्रभावित बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार