Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दक्षिण अफ्रिकामा बस पुलबाट खस्दा ४५ जनाको मृत्यु

    दक्षिण अफ्रिकामा बस पुलबाट खस्दा ४५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १६ चैत्र २०८०
  • 345
    SHARES

    फाइल तस्विर

    एजेन्सी । दक्षिण अफ्रिकामा एउटा बस पुलबाट खाल्डोमा खस्दा ४५ जनाको मृत्यु भएको छ ।

    ४६ जना यात्रु रहेको बस दुर्घटना हुँदा एक आठ वर्षीया बालिका मात्र बाँच्न सफल भएकी हुन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।



    दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रदेशमा रहेको पुलबाट बस खसेर जमिनमा ठोक्कि‌दा आगो लागेको थियो ।



    दुर्घटनामा क्रिस्चियनको धार्मिक कार्यक्रम इस्टर सेवाका लागि मोरिया सहरमा जाँदै गरेका तीर्थयात्री परेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार