Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कर्मचारीमा कोरोना देखिएपछि ललितपुर महानगरमा अत्यावश्यक बाहेकका सेवा बन्द

    कर्मचारीमा कोरोना देखिएपछि ललितपुर महानगरमा अत्यावश्यक बाहेकका सेवा बन्द

    अनलाइन नेपाल
  • आइतबार, ९ माघ २०७८
  • 969
    SHARES

    ललितपुर। कर्मचारीमा कोरोना देखिएपछि ललितपुर महानगरपालिकाले माघ १० गते सोमबारदेखि त्यावश्यकबाहेका सबै सेवा बन्द गर्ने भएको छ ।

    महानगरले आइतबार एक विज्ञप्ति जारी गर्दै कोभिड १९को नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भई महानगरका कर्मचारीहरु उपचार एवंम होम आइसोलेसनमा रहेकाले महानगरले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्न लागेको जनाएको छ ।



    प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले ओमिक्रोनका कारण प्रायजसो जनप्रतिनिधि र कर्मचारीहरु संक्रमित भएकाले कार्यालयमा नियमित सेवा सञ्‍चालन गर्न नसकेको बताए ।



    उनका अनुसार अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने छन् । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई , नगरप्रहरी रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार