Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ललितपुरकी एमाले उम्मेदवार विरुद्ध उजुरी दर्ता

    ललितपुरकी एमाले उम्मेदवार विरुद्ध उजुरी दर्ता

    अनलाइन नेपाल
  • मंगलबार, १३ बैशाख २०७९
  • 1K
    SHARES

    ललितपुर । ललितपुर महानगरमा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

    उपमेयरका उम्मेदवार शाक्यविरुद्ध मंगलबार आयोगमा उम्मेदवारी खारेज गर्न माग गर्दै ज्ञानबहादुर खत्रीले उजुरी दर्ता गरेका हुन् ।



    निर्वाचन अधिकृतको कार्यालय ललितपुरले शाक्यविरुद्ध उजुरी परेको पुष्टि गरेको छ । स्रोतका अनुसार २०७४ सालको प्रदेश सभा निर्वाचनमा शाक्यको नाम समानुपातिकतर्फको बन्द सुचिमा रहेको थियो ।



    उनको नाम आयोगको बन्द सूचीबाट नहटाई महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको बताइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार