Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ललितपुर महानगर १३ वटा वडाको मतपरिणाम सार्वजनिक

    ललितपुर महानगर १३ वटा वडाको मतपरिणाम सार्वजनिक

    अनलाइन नेपाल
  • शुक्रबार, ६ जेष्ठ २०७९
  • 966
    SHARES

    काठमाडौँ । ललितपुर महानगरपालिकामा १३ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।

    निर्वाचन आयोगले यहाँका २९ वडामध्ये वडा नं। १ देखि १२ सम्म सबै र वडा नं। १४ को अन्तिम परिणाम सार्वजनिक गरेको हो ।



    तीमध्ये एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने नेपाली कांग्रेसले आठ, नेकपा एमालेले दुई र नेकपा एकीकृत समाजवादीले दुई वडाध्यक्ष जितेका छन् ।



    मेयरमा भने नेपाली कांग्रेसका चिरिबाबु महर्जनले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन् । महर्जनले २१ हजार ३११ मत प्राप्त गर्दा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १२ हजार १४९ मत ल्याएका छन् ।

    वडा नं। १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएका छन् । उनले नेपाली कांग्रेसका ध्रुबलाल तण्डुकारलाई पराजित गरेका हुन् । निर्मलले ६६१ मत पाए भने कांग्रेसका ध्रुबलालले ४२५ मत पाए । नेकपा एमालेका दिनेश तण्डुकारले ३५१ मत ल्याए । सदस्यहरुमा भने नेपाली कांग्रेसका कृष्ण महर्जन, हरिहर तण्डुकार र अञ्जना कार्की निर्वाचित भएका छन् ।

    वडा नं। २ को अध्यक्षमा नेकपा एकिकृत समाजवादीका राजेशकुमार महर्जन विजयी भए । उनले नेकपा एमालेका पुरुषोत्तम थापा र कांग्रेसका विनयप्रसाद जोशीलाई पराजित गरेका हुन् ।

    वडाध्यक्षमा निर्वाचित समाजवादीका महर्जनले १८३० मत ल्याए भने एमालेका थापाले ६०४ र कांग्रेसका जोशीले ५६० मत पाएका छन् । यहाँ वडासदस्य पदमा समाजवादीका अलिसा डंगोल, अनिता पाण्डे र सुजिता नेपाली तथा एमालेका पूर्ण महर्जन निर्वाचित भए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार