Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तस्करी गर्ने डीआईजी ठाडा मगर उत्कृष्ट

    तस्करी गर्ने डीआईजी ठाडा मगर उत्कृष्ट

    अनलाइन नेपाल
  • मंगलबार, ११ माघ २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । महिनौंसम्म उच्च पदहरु रिक्त राखेर प्रहरी अधिकृतको करिअर अस्तव्यस्त बनाइएको सशस्त्र प्रहरी बलको स्थापना दिवसमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालददेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मले संगठनको मनोबल बढाउने भाषण गरे । तर, सशस्त्र प्रहरीका समस्याबारे भने कसैले चासो दिएन ।

    सशस्त्र प्रहरीमा सरुवा र बढुवा नियमित हुन छाडेका छन् । अन्यायमा परेको भनेर कसैले उजुरी गरेपनि त्यसको सुनुवाई हुँदैन । तर, स्थापना दिवसमा भने सबैले चर्काे कुरा गरेको सुनेर सशस्त्र प्रहरी कर्मचारी आश्चर्यमा परेका छन् ।



    गत साउनमा हुनुपर्ने इन्सपेक्टर, डिएसपी र लेखापालको सरुवा अझै हुनसकेको छैन । इन्सपेक्टरभन्दा माथि करिब एक सय पद रिक्त भए पनि पद रिक्त राखिएको छ । जबकि, १७ वर्षदेखि सशस्त्रका इन्सपेक्टरहरु एउटै पदमा काम गर्न बाध्य छन् । सरकारले बिओपीको संख्या पाँच सय पु¥याउने लक्ष्य राखेपनि यो वर्ष दरबन्दी थप नहुँदा बिओपीको संख्या बढ्ने सम्भावना देखिएको छैन । स्थापना दिवसमा यसतर्फ कुनै विषय नै उठाइएन ।



    साथै, सशस्त्र प्रहरी दिवसमा दिइएका कतिपय पुरस्कारमाथि पनि प्रश्न उठेका छन् । यो वर्ष उत्कृष्ट बाहिनीपतिको पुरस्कार मधेस प्रदेशमा रहेको छिन्नमस्ता बाहिनीलाई दिइयो । जबकि, त्यही बाहिनी मातहतका कार्यालयबाट अत्याधिक तस्करी भएको भनेर प्रहरी मुख्यालयमा उजुरी आएको थियो ।

    विगतमा पटक पटक कारबाहीमा समेत परेका डिआइजी गणेश ठाडा मगरलाई सो पुरस्कार प्रदान गरियो । एसएसपी हुँदा पूर्व राजा ज्ञानेन्द्रलाई गाली गलौच गरेको आरोपमा उनीमाथि कारबाही भएको थियो । चलखेलकै आधारमा छिन्नमस्ता बाहिनीमा सरुवा भएका उनले सुरुदेखि नै तस्करीको सेटिङ मिलाएको कर्मचारीहरु बताउँछन् । दृष्टि साप्ताहिकबाट साभार 

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार