Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेटवर्किङमा कारोबार नगर्न बैंकर्स संघको चेतावनी

    नेटवर्किङमा कारोबार नगर्न बैंकर्स संघको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, १२ माघ २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल बैंकर्स संघले क्रिप्टो, भर्चुअल करेन्सी तथा नेटर्वक व्यवसायमामा कारोबार नगर्न चेतावनी दिएको छ। गैरकानुनी भएको भन्दै यस्ता क्रियाकलापमा सहभागी नहुन बैंकले आग्रह गरेको हो। संघले सूचना जारी गरी नेपालमा भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबार गैरकानुनी भएकाले सचेत हुन आग्रह गरेको हो। त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने बैंकर्स संघले जनाएको छ।

    बैकर्स संघले विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो र भर्चुअल करेन्सीले मान्यता नपाएको भन्दै यस्तो कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने भएकाले कारोबार नगर्न भनेको हो।



    त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरेमा कारबाही हुने जनाइएको छ।



    नेपाल राष्ट्र बैंकले गत आइतबार भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको थियो। हाइपर फन्ड (हाइपर भर्स) जोसियल, क्राउडवान, सोलम्याक्स ग्लोबलजस्ता नेटवर्किङ कारोबार भइरहेको भन्दै राष्ट्र बैंकले त्यस्तो कार्यमा संलग्न नहुन सूचना जारी गरेको थियो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार