Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ब्राउन सुगरसहित दुई ट्रकचालक पक्राउ

    ब्राउन सुगरसहित दुई ट्रकचालक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । भोजपुरमा दुईवटा ट्रकमा खैरो हेरोइन (ब्राउन सुगर) भेटिएपछि दुईजना पक्राउ परेका छन् ।

    जिल्लाको सदरमुकाम नजिकैको दुम्सिकामा को. १ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको पाइएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।



    पक्राउ पर्नेमा ट्रक चालकहरू धनकुटा नगरपालिका घर भइ मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका-५ बस्ने ३७ वर्षीय दलबहादुर मगर रहेका छन् ।



    उनीहरूको साथबाट करिब २ ग्राम १ मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६ सय नगद बरामद गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरु माथि थप अनुसन्धान कार्य समेत भइरहेको प्रहरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार