Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आहा रारा गोल्डकप : उपाधिका लागि आज मनाङ र एपीएफ भिड्दै

    आहा रारा गोल्डकप : उपाधिका लागि आज मनाङ र एपीएफ भिड्दै

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 903
    SHARES

    काठमाडौं । २०औं संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल एपीएफ क्लबबिच प्रतिस्पर्धा ह्ने भएको छ । खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ ।

    यसअघि ६ पटक उपाधि जितिसकेको मनाङले यसपटक फाइनलमा नयाँ प्रतिस्पर्धी पाएको हो । एपीएफ आहा राराको इतिहासमा दोस्रो पटक फाइनल खेल्दैछ ।



    प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजक सहाराले जनाएको छ ।



    यही माघ ६ गतेदेखी जारी प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार