Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ६ पटक उपाधि उचालेको मनाङ मर्स्याङदीलाई हराउँदै एपीएफले जित्यो आहा–रारा गोल्डकपको उपाधि

    ६ पटक उपाधि उचालेको मनाङ मर्स्याङदीलाई हराउँदै एपीएफले जित्यो आहा–रारा गोल्डकपको उपाधि

    अनलाइन नेपाल
  • शनिबार, १५ माघ २०७८
  • 1.3K
    SHARES

    पोखरा । कास्कीको पोखरामा सम्पन्न आहा रारा गोल्ड कपको उपाधि एपीएफले जितेको छ । मनाङ मर्स्याङदीलाई टाई ब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै आहा रारा गोल्डकपको २०औं श्रृंखलाको उपाधि एपीएफले उचालेको हो ।

    निर्धारित ९० मिनेटमा २–२ गोलको बराबरी भएको थियो भने अतिरिक्त समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो ।



    मनाङले त्रिभुवन आर्मी क्लबलाई जितेर फाइनलमा प्रवेश गरेको थियो भने एपीएफले मछिन्द्र क्लबलाई जितेर फाइनलमा प्रवेश गरेको हो ।



    आहा रारा गोल्ड कपको ६ वटा उपाधि उचालिसकेको मनाङले यसपटक एपीएफलाई पराजित गर्न सकेन । यससँगै एपीएफको यो पहिलो उपाधि हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार