Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड

    प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

    प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार अहिले देउवा र प्रचण्डबीच भेटवार्ता भइरहेको छ । उनीहरुबीच स्थानीय तहको निर्वाचन, एमसीसी लगायतका विषयमा छलफल भइरहेको सचिवालयको भनाइ छ।



    निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेसँगै भएको भेटमा गठबन्धनलाई थप मजबुत बनाउने बिषयमा छलफल भएको बुझिएको छ।



    पछिल्लो समय एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूका बीचमा मतभेद छ । भेटवार्तामा यस बिषयमा पनि कुराकानी हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार