Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन गर्ने निर्णय [सूचनासहित]

    लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन गर्ने निर्णय [सूचनासहित]

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । लोक सेवा आयोगले रोकिएका परीक्षाहरु फागुन ६ गतदेखि सुरु गर्ने भएको छ ।

    कोरोना भाइरसको संक्रमण बढेपछि स्थगित भएका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन गर्ने आयोगले निर्णय गरेको हो ।



    आज बसेको आयोगको बैठकले रोकिएका सबै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आयोगले यसअघि माघ ६ गत सूचना जारी गर्दै अर्को व्यवस्था नभए सम्मका लागि परीक्षाहरु स्थगित गरिएको जानकारी दिएको थियो ।



    आयोगले फागुन ६ गतेदेखि उपसचिवका लिखित परीक्षाहरु सुरु हुने जानकारी दिएको छ। लिखित परीक्षा सञ्चालन गर्दा सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरिने आयोगले जनाएको छ ।

    सूचना हेर्नुहोस् :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार