Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नारायणहिटी सङ्ग्रहालयका जीर्ण संरचना मर्मत गर्न निर्देशन

    नारायणहिटी सङ्ग्रहालयका जीर्ण संरचना मर्मत गर्न निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयका जीर्ण भएका संरचनाहरू मर्मत गर्न निर्देशन दिएका छन् ।

    आज मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा स्थलगत अवलोकन गर्दै सङ्ग्रहालय परिसरमा जीर्ण अवस्थामा रहेका संरचनाहरूको मर्मत गर्न निर्देशन दिएका छन् ।



    अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्ग्रहालयभित्रका विभिन्न ठाउँमा बत्ती जीर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गर्न निर्देशन दिएको जानकारी दिए ।



    त्यसैगरी गेटको बाहिर छाना चुहिने अवस्थामा रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उनले बताए । साथै सङ्ग्रहालयमा रहेका पुराना गाडीलाई मर्मतका साथसाथै रङ्गरोगन गरेर राख्न पनि मन्त्री आलेले निर्देशन दिएका छन् ।

    नारायणहिटी दरबार सङ्ग्रहालयमा अधुरा रहेका काम सम्पन्न गर्नका लागि छुट्टै डीपीआर बनाउन पनि निर्देशन दिएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार