Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भ्लगर चेतन कार्की ब्राउन सुगर र गाँजासहित पक्राउ

    भ्लगर चेतन कार्की ब्राउन सुगर र गाँजासहित पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1K
    SHARES

    सिन्धुली । सिन्धुलीको खुर्कोटस्थित राजमार्ग प्रहरी चेक पोइन्टबाट भ्लगर चेतन कार्की पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार कार्की गत माघ १९ गते ब्राउनसुगर र गाँजासहित पक्राउ परेका हुन् । काठमाडौं सामाखुसी बस्ने ३७ वर्षीय कार्की बर्दिबासबाट धुलिखेल आउँदै गर्दा पक्राउ परेका थिए ।



    बागमती प्रदेश ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक चलाएर आएका कार्कीमाथि प्रहरीले चेक गर्दा उनको साथबाट ४.१३० ग्राम ब्राउन सुगर र ६.९४० ग्राम गाँजा बरामद गरिएको प्रहरीको भनाइ छ।



    उनीमाथि लागुऔषध मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार