Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नवनियुक्त ८ मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

    नवनियुक्त ८ मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.1K
    SHARES

    विराटनगर । प्रदेश १ का नवनियुक्त ८ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राजेन्द्र राईको सिफारिसमा प्रदेश प्रमुखले नवनियुक्त मन्त्रीहरुलाई नियुक्त गरेसँगै आइतबार नै शपथ ग्रहण गरेका हुन् ।

    सपथ लिनेहरुमा खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका उपनेता रामकुमार राई, कृषिमन्त्रीमा माओवादी केन्द्रका प्रमुख सचेतक झलकबहादुर मगर रहेका छन्।



    यस्तै, सामाजिक विकासमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का राजन राई, पर्यटन तथा संस्कृतिमन्त्रीमा एकीकृत समाजवादीका खिनु लङ्वा लिम्बु र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा उपेन्द्र घिमिरेले शपथ लिएका हुन् ।



    यसैगरी, कांग्रेसबाट वन, वातावरण तथा भूसंरक्षणमन्त्रीमा शेखरचन्द्र थापा, उद्योग, श्रम तथा रोजगारमन्त्रीमा प्रकाशप्रताप हाङ्गाम र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रकाश सरावगीले शपथ लिएका छन् ।

    गत कात्तिक १६ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार