Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मन्त्री आलेले संरक्षण गरेका कोषका कोषाध्यक्ष सुवेदीविरुद्ध अख्तियारमा उजुरी

    मन्त्री आलेले संरक्षण गरेका कोषका कोषाध्यक्ष सुवेदीविरुद्ध अख्तियारमा उजुरी

    अनलाइन नेपाल
  • सोमबार, २४ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको संरक्षणमा रहेका पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    अख्तियार स्रोतका अनुसार कोषाध्यक्ष सुवेदीविरुद्ध पदीय दुरुपयोग गरी पशुपतिलाई हानि हुने कार्य गरेको र कोषमा राजनीतिक स्वार्थ राख्ने गरेको भन्दै काठमाडौं वडा नं ८ का स्थानीयवासीले उजुरी दिएका हुन्।



    गत माघ १५ गते कोषाध्यक्ष सुवेदीले पशुपति क्षेत्र विकास कोषलाई ८५ लाख भन्दा बढी रुपैयाँ तिर्न बाँकी रहेको तिलगंगास्थित प्राणनाथ क्याफेभित्र रहेका सामग्रीहरू गुपचुप बाहिर पठाएको उजुरीमा उल्लेख छ।



    स्थानीय स्रोतका अनुसार प्राण क्याफे नेकपा एकीकृत समाजवादीका नेता तथा बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालको लगानीमा संचालित छ । लम्साल र कोषाध्यक्ष सुवेदीकै मिलेमतोमा उक्त सामान बाहिर पठाएपछि उजुरी परेको हो ।स्थानीले अख्तियारसँग कोषाध्यक्षको व्यवहारले पशुपतिनाथको गरिमालाई आँच पुगेको गुनासो गरेका छन् ।

    कोषका अनुसार सांसद लम्सालले गत कार्तिकसम्मकै ८५ लाख २४ हजार ४७ रुपैयाँ भाडा बापतको रकम तिर्न बाँकी रहेको छ । सुवेदीले पदीय दुरुपयोग गरी कोषका सुरक्षाकर्मी र आफ्नो पार्टी निकट कर्मचारीको सहयोगमा क्याफेमा रहेको करिब ३५ देखि ४० लाख रुपैयाँ सम्मका भान्सा लगायतका सामग्रीहरू लम्साललाई विना मुचुल्का दिएका छन् । यस बिषयमा मन्त्री आले मौन रहेका छन् । सुबेदीलाई मन्त्री आलेकै संरक्षण रहेको स्रोत बताउँछ ।

    यसअघि २०७२ साल साउन ३२ गते पशुपति क्षेत्र विकास कोषसँग सांसद लम्साल र कृष्णप्रसाद रिजालसहितका व्यक्तिहरूले प्राणनाथ क्याफे सञ्चालनको सम्झौता गरेका थिए । कोषको स्वीकृत गुरुयोजना अन्तर्गत तीलगंगास्थित पर्यटन सूचना केन्द्रमा पर्यटकहरूका लागि प्रवेश टिकट बिक्री काउन्टरसहित सेवा सुविधा पुर्‍याउने उद्देश्यले निर्माण गरिएको भवनमा चिया कफीको सुविधासहितको शुद्ध शाकाहारी चमेना गृह एवं सोभिनियर पसल सञ्चालनमा थियो ।

    कोषाध्यक्ष नियुक्त आएको एक महिना पनि नपुग्दै सुवेदीले बदमासी गतिविधि देखाउँदै आएको स्थानीयहरूको आरोप छ । सुबेदीले कोषमा आफ्नो समाजवादी पार्टीको ट्रेड युनियन समेत गठन गरेको उनीहरुको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार