Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सांसदमाथि बलात्कारको आरोप, महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी

    सांसदमाथि बलात्कारको आरोप, महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा एमालेका नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् ।

    ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय, बाँकेमा सोमबार जाहेरी दिएकी छिन् ।



    जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ ।



    बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको पुष्टि गर्दै भने– सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको छ । हामी बुझ्दै छौँ । मंगलबार यस बारेमा अरू प्रक्रिया अघि बढ्छ ।

    त्यो रात दुई पटक कण्डम लगाएर बलात्कार गरको उनको दाबी छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार