Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कपनबाट लागूऔषध ब्राउन सुगरसहित ३ युवक पक्राउ

    कपनबाट लागूऔषध ब्राउन सुगरसहित ३ युवक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । प्रहरीले अवैध २२.८ ग्राम लागूऔषध ब्राउन सुगरसहित काठमाडौँबाट तीन जना युवकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा भोजुपुर घर भइ तारकेश्वर-११ बस्ने तेञ्जिङ्ग शेर्पा, कंचनपुर भीमदत्त घर भइ काठमाडौँ बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने २७ बर्षीय खगेस खत्री र कपननै बस्ने २२ बर्षीय पासाङ छिरिङ शेर्पा रहेका छन्।



    सोमबार अपरान्ह  करिब ४ बजेको समयमा गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले कपनस्थित आकाशेधाराबाट उनीहरुलाई पक्राउ गरेको हो ,



    उनीहरुको साथबाट ब्राउन सुगर जस्तो देखिने २२.८ ग्राम धुलो पदार्थ, मोबाइल फोनहरु समेत  बरामद गरिएको प्रहरीको भनाइ छ।

    पक्राउ परेकाहरुमाथि महानगरीय प्रहरी बृत्त बौद्दबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार