Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • महाअभियोगको पत्र बुझेपछि सर्वोच्चबाट बाहिरिए चोलेन्द्र, गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपियो

    महाअभियोगको पत्र बुझेपछि सर्वोच्चबाट बाहिरिए चोलेन्द्र, गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपियो

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 3.9K
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन् । आइतबार दिउँसो आफूमाथि महाअभियोग लागेको पत्र बुझेलगत्तै राणा सर्वोच्चबाट बहिरिएका हुन्।

    सत्ता गठबन्धनका ९८ सांसदहरुले आज बिहान संसद सचिवालयमा प्रधानन्यायाधीश राणामाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसलगत्तै सचिवालयले त्यसको जानकारी प्रधानन्याधीशलाई पत्रमार्फत् दिएको थियो ।



    जबरालाई विदा गर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार नारायण पन्थी गेटसम्म आएका थिए । जबरा घर फर्किंदा उनी चढ्ने गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपिएको थियो ।



    राणाले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका थिए । महाअभियोग प्रस्ताव दर्तासँगै उनी प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बनमा परेका छन्। उनी निलम्बनमा परेपछि वरिष्ठ न्यायाधीश दीपक कुमार कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् ।

    महाअभियोग प्रस्तावमा राणाको कार्यकालमा न्यायपालिकाभित्र अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको आरोप  लगाइएको छ।

    साथै, तत्कालीन सशस्त्र प्रहरीका डीआईजी रन्जन कोइरालाको मुद्धामा पनि प्रधानन्यायाधीशले सरकारी प्रवक्ता जस्तो भई इजलाश बाहिर आफ्नो फैसलाबारे बोल्दै अदालतको गरिमा र पदीय मर्यादा विपरित कार्य गरेको उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार