Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चोलेन्द्र निलम्बित भएसँगै कार्कीले पाए कामु प्रधानन्यायाधीशको जिम्मेवारी

    चोलेन्द्र निलम्बित भएसँगै कार्कीले पाए कामु प्रधानन्यायाधीशको जिम्मेवारी

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा निलम्बित भएसँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी बहन गर्नेछन्।

    राणाविरुद्ध आइतबार सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाको अगुवाइमा ९८ जना सांसदहरुले महाअभियोग दर्ता गरेका छन् । महाअभियोग दर्तापछि प्रधानन्यायाधीश राणा स्वत: निलम्बनमा परेका छन्।



    संविधानको धारा १०१ मा महाभियोग प्रस्ताव दर्तासँगै प्रधान्यायाधीश स्वतः निलम्बित हुने व्यवस्था छ ।



    राणाविरुद्धको महाभियोगमा हस्ताक्षर गर्नेहरुमा थापा, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू,पुष्पा भुसाल, देव गुरुङ र जीवनराम श्रेष्ठलगायत रहेका छन्।

    राणामाथि मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको, बिचौलियहरुसँग साँठगाँठ गरेकोलगायत दर्जनौं आरोप लागेका छन्। प्रधानन्यायाधीश राणाविरूद्ध न्याय क्षेत्रभित्रै दिनदिनै आन्दोलन भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार