Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एमसीसीको पक्षमा देशभर अभियान सञ्चालन गर्ने काग्रेसको निर्णय

    एमसीसीको पक्षमा देशभर अभियान सञ्चालन गर्ने काग्रेसको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को पक्षमा देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ ।

    आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले एमसीसीबारे भ्रम छर्ने कोशिष भएको भन्दै देशभर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।



    साथै कांग्रेसले संसदमा प्रस्ताव पारित गर्नको लागि पहल गर्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले एमसीसीबारे पार्टीमा कुनै विवाद नरहेको र संसदमा लगेर पारित गर्न विशेष पहल गर्ने बताए ।



    एमसीसीबारे देशमा भ्रम गर्ने कोशिष भएको छ, भ्रम चिर्न देशभरी अभियानको रुपमा जाने र संसदमा लगेर प्रस्ताव पारित गर्नको लाग्ने निर्णय भएको जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार