Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला : आयरल्यान्डसँग नेपाल १६ रनले पराजित

    टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला : आयरल्यान्डसँग नेपाल १६ रनले पराजित

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ओमानमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको अन्तिम खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ । आज भएको खेलमा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको हो ।

    आयरल्यान्डले दिएको १२८ रनको सामान्य लक्ष्य पछाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो ।



    नेपालका लागि दीपेन्द्रसिंह ऐेरीले सर्वाधिक २८ रन बनाए। उनले ३० बलमा १ चौका र १ छक्का बनाए। यस्तै, आसिफ शेखले २३ रन बनाउँदा कुशल भुर्तेलले १५ र कमलसिंह ऐरीले १३ रन बनाए ।



    त्यसअघि दीपेन्द्रसिंह ऐरीले करिअरको उत्कृष्ट बलिङ प्रदर्शन गरेपछिटस हारेर पहिले ब्याटिङको निम्तो आयरल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२७ रनमै समेटिएको थियो ।

    नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । युएईसँग २५ रनले पराजित भएको थियो । ग्लोबल छनोटका खेलहरु फागुन ६ गतेबाट सुरु हुनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार