Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मन्त्री आलेको निर्देशन : पशुपतिमा फूल–प्रसाद बिक्री गर्ने पसलहरू व्यवस्थित गर्नू

    मन्त्री आलेको निर्देशन : पशुपतिमा फूल–प्रसाद बिक्री गर्ने पसलहरू व्यवस्थित गर्नू

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रमा फूल–प्रसाद बिक्री गर्नका लागि राखिएका पसलहरू व्यवस्थित गर्न निर्देशन दिएका छन् ।

    सोमबार मन्त्रालयमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा सम्बन्धित सरोकारवालासँगको छलफलका क्रममा मन्त्री आलेले फूल–प्रसाद बिक्री गर्ने ठाउँ साघुँरो भएको भन्दै ती पसलहरू व्यवस्थित ठाउँमा सार्न निर्देशन दिएका हुन् ।



    पशुपतिनाथमा आउने भक्तजनलाई कुनै पनि कुराको असहज हुन नदिन, पशुपतिनाथ क्षेत्रलाई सुन्दर र सफा राख्न मन्त्री आलेले पशुपति क्षेत्र सफा राख्न निर्देशन दिएका हुन् ।



    पशुपति क्षेत्रमा फूलप्रसाद बिक्री गर्दै आएका व्यापारीलाई उचित ठाउँमा सार्न र उनीहरूको समस्या एक हप्तामा समाधान गर्न समेत मन्त्री आलेले आग्रह गरे ।

    फूलप्रसाद बिक्री गर्नका लागि पशुपति क्षेत्रमा ६५ वटा पसल निर्माण भएकाले केहीलाई तत्काल त्यहाँ सार्न तथा बाँकी अपुगका लागि नयाँ पसल निर्माण गर्नसमेत उनले निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार