Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • पर्यटनमन्त्री आलेको सचिवालयले भन्यो-‘मन्त्रीलाई बदनाम गर्ने षडयन्त्र भयो’

    पर्यटनमन्त्री आलेको सचिवालयले भन्यो-‘मन्त्रीलाई बदनाम गर्ने षडयन्त्र भयो’

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । भारतमा बसेर नेपाली नेताहरुलाई लिएर सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका एक युवकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई उत्तेजित पारेर एक वर्ष अघि रेकर्ड गरेको भिडियो सार्वजनिक गरेका छन् ।

    अछाम घर भई भारतको मुम्बई बस्दै आएका नेकपा एमालेका कार्यकर्ता जगत ओलीले निरन्तर रुपमा बल्याकमेल गर्न थालेपछि मन्त्री आलेले उनलाई गाली गरेको बताईएको छ ।



    एक वर्षअघि आलेसंग भएको संवाद एक वर्षपछि ओलीले सार्वजनिक गरेको पर्यटन मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मीले बताए । मन्त्री आलेसंग मुम्बईमा बसेर ओलीले ५० लाख रुपैया माग गरेको र अन्तिममा २० लाख नदिए भिडियो सार्वजनिक गरिदिने धम्की दिएको रेग्मीले बताए ।



    निरन्तर रुपमा मन्त्री आले लगायतका नेताहरुका बिरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गर्दै आएका ओलीले मन्त्री आलेलाई पटक पटक मानसिक तनाव दिएपछि मन्त्री आलेले उनलाई गाली गरेको बताईएको छ ।

    मन्त्री आले पछिल्लो समय जनमुखी कार्य गरेर लोकप्रिय हुन थालेपछि अत्तालिएका एमालेका कार्यकर्ता ओलीले षडयन्त्रपूर्वक आलेलाई उत्तेजित पारेर भिडियो रेकर्ड गरेको र ओलीको उक्त कार्यका बिरुद्ध कानुनी उपचार खोज्ने रेग्मीले बताए ।

    आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएदेखि नै ओलीले ब्ल्याकमेल गर्दै आएको र उनलाई पटक पटक सम्झाउदा बुझाउदा पनि नमानेको र उल्टै मन्त्री आलेको मानमर्दन हुने गरी सामाजिक सञ्जालमा टिप्पणी गरेको रेग्मीले बताए ।

    एमालेमै हुदा मन्त्री आलेलाई पटक पटक धम्क्याउनुका साथै अश्लिल शब्द प्रयोग गर्दै आएका ओलीले समाजवादी पार्टीमा प्रवेश गरेपछि ओलीले एक वर्षअघि भएको संवाद सार्वजनिक गरेको मन्त्री आलेका स्वकीय सचिव रेग्मीको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार