Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जुवाको खालबाट ६ जना पक्राउ, करिब ५० हजार बरामद

    जुवाको खालबाट ६ जना पक्राउ, करिब ५० हजार बरामद

    अनलाइन नेपाल
  • बुधबार, ४ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । बर्दियामा जुवा खेलिरहेको अवस्थामा नगदसहित ६ जना पक्राउ पक्राउ परेका छन् । जिल्लाको मधुवन नगरपालिका–९ बेलटाँरीबाट जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    गएराति बेलटाँरी गाउँमा केही व्यक्तिले जुवातास खेलिरहेको विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक चक्रबहादुर डमरपालको कमाण्डमा खटिएको प्रहरी टोलीले ४८ हजार २८५ रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा मधुवन नगरपालिका–९ बस्ने २९ वर्षीय विनोद चौधरी, २३ वर्षीय राजेश चौधरी, २८ वर्षीय प्रकाश चौधरी, ३१ वर्षीय मानबहादुर चौधरी, २८ वर्षीय हिमाल चौधरी र २९ वर्षीय दिलिप तामाङ रहेका छन् ।



    जुवा खेल्न प्रयोगमा ल्याइएको ताससहित पक्राउ गरेका व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय बर्दियाबाट जुवा सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार