Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यस्ता छन् मन्त्रिपरिषद् बैठकले आज गरेका मुख्य निर्णयहरू

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले आज गरेका मुख्य निर्णयहरू

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । तिमध्ये मुख्य चार निर्णयहरु यसप्रकार रहेका छन् ।

    आज बसेको बैठकलले नेपाल प्रहरीमा तीन जना एआईजीको दरबन्दी थप गर्नेदेखि सर्वोच्चले कैद र जरिवाना ठहर गरेका सीईओ रामेश्वर भट्टराईलाई पदबाट बर्खास्त गर्नेसम्मको निर्णय गरेको छ ।



    त्यसैगरी बैठकले धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गर्ने निर्णय गरेको छ भने गृह मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।



    यस्ता छन् मन्त्रिपरिषद् बैठकले आज गरेका मुख्य निर्णयहरू:

    १. नेपाल प्रहरीमा तीन जना एआईजीको दरबन्दी थप

    २. धितोपत्र बोर्डको अध्यक्षमा हमाल नियुक्त

    ३.मन्त्रिपरिषद बैठकस् मुकुन्दप्रसाद निरौला सचिवमा बढुवा

    ४.सर्वोच्चले कैद र जरिवाना ठहर गरेका सीईओ भट्टराई पदबाट बर्खास्त

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार