Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • महिलामाथि बलात्कार गरेको आरोपमा खवास पक्राउ

    महिलामाथि बलात्कार गरेको आरोपमा खवास पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.6K
    SHARES

    विराटनगर । मोरङमा महिलामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्लाको धनपालथान गाउँपालिका ५ ववियाका ४५ वर्षीय कालुराम खवासलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार खवास धनपालथान ५ मा रहेको एकतारा आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।



    उनीमाथि २९ वर्षीया महिलालाई घरमै पुगेर बलात्कार गरेको आरोप छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले गत पुस १२ गते राति महिलाको घरमै पुगेर बलात्कार गरेको किटानी जाहेरीका आधारमा खवासलाई पक्राउ गरिएको जानकारी दिए ।



    प्रअ खवासविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट बिहीबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार