Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमसीसी सकस

    बैठकबारे बाबुरामको टिप्पणी: बल्लबल्ल छड्कन थालेको भात चलाउन नजान्दा कसौंडी नै घोप्टाएर सबै भोकै हिंडे

    बैठकबारे बाबुरामको टिप्पणी: बल्लबल्ल छड्कन थालेको भात चलाउन नजान्दा कसौंडी नै घोप्टाएर सबै भोकै हिंडे

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । पछिल्लो समय एमसीसीमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक दिनहुँ बस्दै आएको छ । यद्दपि बैठकले कुनै सहमति जुटाउन सकेको छैन। गठबन्धनमा आबद्ध पाँचदल पाँचतिर विभाजित बनेका छन्।

    यस्तोमा गठबन्धनमै आबद्ध जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले सत्ता गठबन्धनको बैठकलाई लिएर टिप्पणी गरेका छन्।



    पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले दिनहुँ बैठक बस्ने गरेको तर, बैठक टुंगोमा नपुगेकोबारे लक्षित गर्दै आफूले गठबन्धनको बैठकमा सम्झेको नीतिकथा प्रस्तुत गरेका हुन्।



    सुरुदेखि एमसीसीको पक्षमा वकालत अग्र्दै आएका भट्टराईले एमसीसी पारित हुनै लाग्दा अन्तिममा सबै भंग हुन खोजेको भन्दै अन्य सहभागीहरुलाई कटाक्ष समेत हानेका छन्।

    ‘बल्लबल्ल छड्कन थालेको भातको अर्थ तर्कशास्त्रीले लगाउन नसक्दा कसौंडी नै घोप्टाएर सबै भोकै हिंडेछन्’ भन्दै भट्टराईले ट्वीटरमा लेखेका छन्। ‘घागडान शास्त्रीहरू यात्रा गर्दैरहेछन्। खाना पकाउन उत्तम ठाउॅ खोज्दा ज्योतिषशास्त्रीले दलदल रोजेछन् ! तरकारीमा आयुर्वेदाचार्यले निमको पात खोजेको भट्टराईको टिप्पणी छ।

    एमसीसीबारे सहमति जुटाउन आज बिहान बसेको गठबन्धनको बैठक पुन बिना निष्कर्ष टुंगिएको छ। अर्को बैठक फेरि पर्सी आइतबारलाई बोलाइएको छ। गठबन्धनमा सहमति नजुटेपछि आजको संसदमा एमसीसी टेबुल नहुने पक्का भएको छ।

    पछिल्लो समय सरकारमै रहेका दलहरुबीच एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषयमा तीव्र मतभेद भएकाले वर्तमान सत्ता गठबन्धन संकटमा परेको छ।यसअघि बिहान सत्ता गठबन्धनको बैठक बस्नुअघि नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले अलग्गै छलफल गरेका थिए । हिजो बसेको गठबन्धनको बैठक पनि निष्कर्षविहीन भएको थियो । दलहरु आ-आफ्ना अडानमा कायमै रहेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार