Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कोरोना अपडेट

    थप ४३७ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु

    थप ४३७ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज शुक्रबार ५ हजार १३३ पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ एन्टिजेन परीक्षणमा १६२ जना गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ पुगेको छ।



    यसैगरी आज २ हजार ४५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या १४ हजार ४३५ रहेको छ ।

    यसअघि हिजो विहीबार ५७० जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार