Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बालिका जबरजस्ती करणीमा सबइन्जिनियर पक्राउ

    बालिका जबरजस्ती करणीमा सबइन्जिनियर पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, ८ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    सांकेतिक तस्विर

    चितवन । बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ आँपटारीका जीवन पौडेल रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार सोही ठाउँकी ६ वर्षीयालाई जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय पौडेल शनिबार पक्राउ परेका हुन्।



    पौडेललाई जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जानकारी उनले दिए । बालिकाकी आमाले आज जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी निवेदन दिएकी हुन् ।



    भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले पौडेल भरतपुर महानगरपालिका-२९ मा सब-इञ्जिनीयर पदमा कार्यरत रहेको जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार