Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • एमाले शक्तिमा आउने संकेत देखियो, गठबन्धन जोगाउन अझै अन्तिम प्रयास गर्दैछु : प्रचण्ड

    एमाले शक्तिमा आउने संकेत देखियो, गठबन्धन जोगाउन अझै अन्तिम प्रयास गर्दैछु : प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १४ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा भएको भन्दै एमसीसीलाई टुंगो लगाएर सत्ता गठबन्धन जोगाउने अन्तिम प्रयासमा आफू रहेको बताएका छन् ।

    माओवादी सशस्त्र युद्धका पहिलो शहिद दिलवहादुर रम्तेलको स्मृतिमा शनिवार पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने–‘जसलाई प्रतिगमनकारी भनेर ठूलो संघर्षबाट गठबन्धन बनाएर हटाइयो,अहिले उही शक्ति (एमाले) हाबी हुने खतरा देखिएको छ ।’



    प्रचण्डले आफू अहिले एमसीसीको समस्या समाधान होस र गठनबन्धन पनि नटुटोस् भन्ने कुनै उपाय छ कि भनेर अन्तिम प्रयासमा लागेको बताए । उनले भने–‘अन्तिम प्रयासमा छु । नत्र एमसीसीकै कारण हामीले हिजो जसलाई प्रतिगमनकारी भन्यौ,जुन कदमलाई प्रतिक्रान्तिकारी भन्यौ,जसको भण्डफोर गरेर नयाँ गठबन्धनको जन्म भयो फेरि त्यही शक्ति फर्किने खतरा छ ।’



    अहिलेको सत्ता गठबन्धन राष्ट्रियता, संविधान र लोकतन्त्र बचाउन बनेको भन्दै त्यसबेला एमसीसी कहिँ कतै नरहेको प्रचण्डले बताए ।

    यता, सत्ता साझेदार अर्का दुई दल (नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी) ले पनि साथ नदिएपछि प्रधानमन्त्री शेर बहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फकाइ रहेका छन् । दिनैपिच्छे ओलीले भेटिरहेका प्रधानमन्त्री देउवाले आज पनि ओलीसँग भेट्दैछन् ।

    देउवा ओलीसँग नजिक हुने संकेत देखेपछि तनावमा परेका प्रचण्ड र माधवकुमार नेपालले भने एमसीसी पास गर्ने दिन(भोली) संसद बैठक बहिस्कार गरेर भएपनि एमसीसी पास गर्न दिने र गठबन्धन जोगाउने अन्तिम प्रयासमा लागेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार