Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • युक्रेन संकट : रुसका सबै क्लब र राष्ट्रिय टोलीमाथि फिफाले लगायो प्रतिबन्ध

    युक्रेन संकट : रुसका सबै क्लब र राष्ट्रिय टोलीमाथि फिफाले लगायो प्रतिबन्ध

    अनलाइन नेपाल
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 936
    SHARES

    फाइल तस्विर

    एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई प्रतिबन्ध लगाएको छ ।

    त्यस्तै युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले पनि रुसलाई अर्को सूचना नआएसम्मका लागि निलम्बन गरेको जनाएको छ ।



    रुसले युक्रेनमा आक्रमण गरेपछि फिफा र यूईएफएले रुसलाई सबै खालका प्रतियोगिताबाट निलम्बन गरेका हुन् । फिफाको निलम्बन सँगै रुसले मार्च २९ मा पोल्यान्डसँग हुने विश्व कप छनोट अन्तर्गत प्ले अफ खेल खेल्न नपाउने भएको छ ।



    यूईएफएले यसअघि नै रुसमा हुने भनिएको च्याम्पियन्स लिगको फाइनल पेरिसमा सारिसकेको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयलाई लिएर फुटबल नियामकले यस्तो प्रतिबन्ध लगाएका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार