Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा आज बिहानदेखि हट्यो

    सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा आज बिहानदेखि हट्यो

    अनलाइन नेपाल
  • बिहिबार, १९ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा लागेको निषेधाज्ञा आजदेखि हटेको छ । वीरेन्द्रनगरमा लगाइएको निषेधाज्ञा आज बिहान ६ बजेदेखि हटाएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

    गएको मङ्गलवार बेलुकी ७ बजेदेखि वीरेन्द्रनगरका मङ्गलगढी चोक, एरिचोक, हटिया चोक, हटिया लाइन क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु हटाएर निषेधाज्ञा लागू गरिएको थियो ।



    गएको सोमवार एमसीसीको विरोधमा विभिन्न पार्टीले आह्वान गरेको बन्दका क्रममा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि त्यही दिन राति सवा ८ बजेदेखि मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु लगाइएको थियो । निषेधाज्ञा हटेसँगै जनजीवन सामान्य बनेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार