Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • माओवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, यी हुन् एजेन्डा

    माओवादीको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, यी हुन् एजेन्डा

    अनलाइन नेपाल
  • आइतबार, २२ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । पार्टी पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । फागुन २० देखि केन्द्रीय कमिटी बैठक सुरु भएको थियो ।

    एमसीसी पारित भएको अवस्था, स्थानीय चुनाव तयारी र पदाधिकारी चयनजस्ता विषयमा केन्द्रीय कमिटीमा छलफल हुँदै आएको छ । शुक्रबारको बैठकमा एमसीसीलगायतका समसामयिक विषयमा छलफल भएको थियो ।



    आजको मुख्य एजेन्डा पदाधिकारी चयन गर्ने, स्थायी कमिटी, पोलिटव्युरो गठन गर्नेजस्ता विषय रहेको बताइएको छ । गत पुस १८ गते माओवादीको आठौँ महाधिवेशन सम्पन्न भएको थियो ।



    सो महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरे पनि पदाधिकारी चयन गरेको थिएन भने केन्द्रीय कमिटी सदस्य मात्रै चयन भएका थिए । आजको बैठकबाट केन्द्रीय समितिलाई पनि पूर्णता दिने तयारी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार